Politics

नेकपा एस र जसपाबिच एकता हुने सम्भावना छ ?

Daily News Nepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बिच पार्टी एकताबारे छलफल अगाडी बढेको छ ।

आज एकिकृत समाजवादी पार्टीका का सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताबारे छलफल भएको हो ।केही दिनअघि यादवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्नुभएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा जसपाले सर्मथन गरे पनि एकीकृत समाजवादीले समर्थन गरेको छैन।

तरपनि गत बुधबार भने प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच छलफल भएको थियो। पटकपटक छलफल गरेपनि एकिकृत समाजवादीले सरकारमा जाने नजाने बारे र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारे अहिलेसम्म ठोस निर्णय लिइसकेको छैन ।

जसपाले एकीकृत समाजवादीलाई पनि सरकारमा लैजाने गरी प्रत्यन्त गरिरहेको छ। सुरुवातमा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न भेट गरेको बताएपनि पार्टी एकतामै नेताहरु केन्द्रित रहेको बुझिएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा एकीकरण गरेर समाजवादी केन्द्र बनाउनेबारे छलफल चलिरहेको बताइएको छ। यद्यपि, समाजवादी केन्द्र बनाउने कि जसपा र एकिकृत समाजवाी बिच एकता गर्ने भन्ने ठोस निर्णयमा भने नेताहरु पुगिसकेकका छैनन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials