Politics

कोशीका मुख्यमन्त्री कार्कीलाई बहुमत जुटाउन कठिन

Daily News Nepal

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने हुनुभएको छ ।

हिजो बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी जुटेको हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्नेहुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials