Politics

राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन जरुरी : गणेश तिमिल्सिना

Daily News Nepal

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताउनु भयो ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताउनु भयो । उहाँले चुनावमा जनतामाझ गरिएका प्रतिवद्धता अनुसार काम गर्न पनि मन्त्रीहरु लाग्नुपर्ने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हीत प्रवद्र्धन गर्नका लागि आफूले कानून निर्माणमा सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले आफ्नो व्यवसायमा आवद्ध मजदुरहरुको सेवा, सुविधामा विशेष ध्यान दिन पनि व्यवसायीहरुलाई सचेत गराउनु भयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials