Politics

कोशी प्रदेश मध्यावधि निर्वाचनमा गयोः एमाले

Daily News Nepal

विराटनगर । एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि एमालेले सरकार छाड्ने चेतावनी दिएको हो ।

कार्कीले माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जवेगुलाई शुक्रबारै मन्त्री पदको सपथ गराउने तयारी गरेका छन् । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सरबारबाट बाहिरिने बताए ।

उनले प्रदेशको स्थायित्वका लागि कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको भए पनि कार्की गठबन्धनतिरै फर्किएपछि काँध थाप्न नसकिने उल्लेख गरे ।

भण्डारीले कोशी प्रदेशमा अब मध्यावधि निर्वाचन हुने बताए । सत्ता गठबन्धनको जबर्जस्तीले प्रदेशमा मध्यावधि निर्वाचन हुने वातावरण निर्माण भएको आरोप भण्डारीेल लगाए । ‘केदार कार्कीलाई हामीले मुख्यमन्त्री बनाएका हौं । अहिले हामीलाई कुनै सूचनासमेत नदिएर माओवादी र समाजवादीलाई सरकारमा लैजाने तयारी भएको सुनिएको छ । त्यसो भयो भने हामी सरकारबाट बाहिरिने त निश्चित छ नै’, उनले भने, ‘हामी अब मध्यावधि निर्वाचनको जोखिम लिन पनि तयार छौं ।’

भण्डारीले संविधानतः दुई वर्ष मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नपाइने भए पनि एमालेका ३९ सांसदले उभिएर आजका मितिबाट समर्थन छैन भनेपछि मुख्यमन्त्रीले प्रदेशसभामा बहुमत सिद्ध गर्नैपर्ने तर्क गरे ।

कार्की संविधानको धारा ६८ (५) अनुसार गत २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेका ३९ र काँग्रेसको विद्रोशी शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

सत्ता गठबन्धनले भने माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । कार्की एमाले समर्थनमा मुख्यमन्त्री भए पनि सत्ता गठबन्धनले कार्कीलाई विश्वासको मत दिएको थियो ।

कार्कीले यसअघि आफ्नै दल काँग्रेसका शमशेर राई र एमालेका राम रानालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । एमालेले माओवादी र समाजवादीलाई सरकारमा सहभागी गराए सरकार छाड्ने चेतावनी दिँदै आएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials