Politics

केपी ओलीले ८ पुसमा विशेष पत्रकार सम्मेलन गर्ने

Daily News Nepal

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालले अध्यक्ष केपी शर्मा ओलीलले ८ पुसमा आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन । ८ पुस दिउँसो १ बजे एमाले मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो । सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमालेले जानकारी दिएका छन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials