Politics

उद्योग परिसंघद्वारा कुलमान घिसिङको निन्दा

Daily News Nepal

काठमाडौं । नेपाल उद्योग परिसंघले विभिन्न उद्योगका विद्युत लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको कार्यप्रति आपत्ति जनाएको छ ।

परिसंघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले चालेको कदम गलत रहेको आरोप लगाए । विवादित विषयको टुंगो नलगाई विद्युत आपूर्ति बन्द गरेकामा आफूहरुको विरोध रहेको उनको भनाइ थियो ।

विवादित अवधिबाहेक बाँकी सबै विद्युत महसुल व्यवसायीले नियमित रुपमा तिर्दै आएकामा लाइट काटिनु आश्चर्यजनक भएको तर्क अग्रवालले गरे । प्राधिकरणमा निवेदन दिएर उपयोग गरेको बिजुलीको बिल व्यवसायले तिर्नुपर्छ भन्नेमा कसैको पनि विमति नरहेको प्रष्टीकरण अग्रवालले दिए ।

पत्रकार सम्मेलनमा सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लोडसेडिङ अवधिमा बिजुली दिएको तर अतरिक्त शुल्क नतिरेको भन्दै पत्र पठाएको जानकारी गराए । लोडसेडिङ अवधिमा बिजुली प्रयोग गरिएको भए महसुल तिर्न तयार रहेको बताए ।

तर, विद्युतका लागि निवेदन नै नदिएका उद्योगको अनाहकमा बिजुली काटिएको भन्दै थापाले आपत्ति जनाए । थापाले विद्युत प्रयोग गर्न निवेदन दिएको पुष्टि गरेर देखाउन प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई चेतावनी दिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials