Politics

भूकम्पीय सुरक्षाका लागि हातेमालो गरौं : उपप्रधानमन्त्री श्रेष्ठ

Daily News Nepal

काठमाडौं । 'स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं' भन्ने नारासहित साेमबार २६ औं भुकम्प सुरक्षा दिवस मनाइएको छ। यसै क्रममा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा  आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले  काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपर्ने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका ५३ वटा भवन, संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमले संवेदनशील रहेको देखाएकोले तिनको पुनर्निर्माण गर्नुपर्ने उनले बताए । 

संघीय सरकार पालिकाहरुलाई सामर्थ्यवान बनाउन मिलेर काम गर्न तयार रहेको र सबै स्थानीय तहलाई  आपतकालीन कार्यसंचालनका लागि औजार तथा उपकरण उपलब्ध गराउँदै आएको समेत उनले बताृ । विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएकोमा उनले खुशी व्यक्त गरे ।

 जाजरकोट भूकम्पमा एम्बुलेन्स र अन्य सहयोग गरेकोमा पनि उहाँले महानगरको प्रशंसा गरे ।  विद्यमान सबै संरचनाहरुको जोखिम आँकलन गर्ने, प्रबलीकरण लगायतका विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना सुरक्षित हुनेगरी संहिता पालना गर्न,गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले व्यक्त गरे ।

महानगरकी उपमेयर सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवर, शसस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय विपद् जोखिम तथा न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरका निमित्त प्रशासकीय अधिकृत सिताराम कोइरालासमेत उपस्थित कार्यक्रममा विपदका बेला भूमिका  खेल्ने कर्मचारी र सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको थियो।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials