Politics

प्रचण्ड र रामचन्द्रबीच भेटवार्ता

Daily News Nepal

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पौडेल प्रचण्डलाई मनाउन दाहाल निवास खुमलटार पुग्नुभएको हो ।

भेटमा पौडेलले गठबन्धन कायम रहनुपर्छ भन्नेमा जोड दिँदै प्रधानमन्त्री सहमति गरेर अघि बढ्नसमेत सुझाव दिनुभएको जनाइएको छ । सरकार गठनका लागि एकदिनमात्र बाँकी रहँदा पौडेल खुमलटार पुग्नुभएको हो ।

प्रचण्डले भने आफू प्रधानमन्त्री बन्नुपर्ने अडान छाड्नु भएको छैन । कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई आफ्नो बटमलाइन बनाएको छ । प्रचण्डलाई एकदिनअघि कांग्रेस नेता प्रकाशमान सिंहले भेटेर देउवाको नेतृत्व स्वीकार्न आग्रह गर्नुभएको थियो ।

यसैबीच कांग्रेसका महिला सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको नेतृत्व नछोड्न दबाब दिएका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials