Politics

बिरोध र्‍यालीमा मन्त्री सहभागी: विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न माग

Daily News Nepal

रुपन्देही- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन भएको छ । विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै आज (शुक्रबार) भैरहवामा शान्तिपूर्ण जनदबाब र र्‍याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न संघ-संस्थाहरुको सहभागिता रहेको थियो । भैरहवाको देवकोटाचोकबाट सुरु भएको र्‍याली बैंकरोड, मिलनचोक, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरुले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए ।

र्‍यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी., सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरबासीहरुको उपस्थिति रहेको थियो ।

प्रदर्शनपछि बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन नआएसम्म प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials