Politics

प्रधानमन्त्रीद्वारा बालुवाटारमा बिहान हुने भेटघाट बन्द

Daily News Nepal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान सरकारी निवास बालुवाटारमा हुने सबै भेटघाट रद्द गरेका छन् ।

नतिजामुलुक काममा केन्द्रित हुने भन्दै प्रधानमन्त्रीले भेटेरै समय ब्यर्थमा गइरहेको भन्दै बिहानको सबै भेटघाट बन्द गर्ने घोषणा गरेका हुन् । आफूले चाहेका अत्यावश्यक बाहेकका नियमित भेटघाट रोक्न उनले सचिवालयलाई निर्देशन दिएका छन ।

प्रधानमन्त्रीले मंगलबार आफ्नो सचिवालय टिमको बैठक राखेका थिए । बैठकमा सहभागी उनका एक सहयोगीकाअनुसार प्रधानमन्त्रीले नतिजा देखिने गरी काम गर्न समय अपुग भएकाले बिहान आफूले कसैलाई नभेट्ने बताएका हुन् ।

प्रधानमन्त्री सचिवालयको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीले अब बिहान साढे १० बजे नै सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर काम थाल्ने योजनासमेत सुनाएका थिए । ‘बिहानको अनावश्यक भेटघाट अब बन्द हुन्छ । तपाईंहरु कसैले पनि भेटघाटका लागि समय नदिनुहोला’, ‘म हरेक दिन साढे १० बजे प्रधानमन्त्री कार्यालय पुग्छु र दिनभर कार्यालयमै बसेर काम गर्छु ।’

उनले सरकार एक वर्षसम्म सुशासन कामम गर्न तथा भ्रष्टाचार र बेथिति रोक्न क्रियाशील रहेको भन्दै अब अर्थतन्त्र सुधार, विकास निर्माण एवं डेलिभरीका काममा केन्द्रित हुने बताए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials