Politics

स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता

Daily News Nepal

काठमाडौँ । विभिन्न मागसहित दुई सातादेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ।

२० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो।

सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा १९ बुँदे सहमति भएको समितिका सह-संयोजक रामप्रसाद न्यौपानेले जानकारी दिए।सहमतिपछि स्थानीय तह कर्मचारीले आन्दोलन फिर्ता लिएका छन्।

‘हामीसँग गरेको सहमति कार्यान्वयन नहुन्जेलका आन्दोलन फिर्ता लिएका छौँ। सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्छौँ,’ सह-संयोजक न्यौपानेले भने। संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन हुनुपर्ने सङ्घर्ष समितिको मागमा सङ्घ, प्रदेश र स्थानीय सेवाका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने सहमति भएको छ।

कर्मचारीहरूको तह वृद्धि र बढुवाको सम्बन्धमा सरकारी वार्ता टोलीले प्रत्येक पाँच वर्षमा तह वृद्धि हुने व्यवस्था तथा एकै पदमा सेवा अवधि बाह्र वर्ष पुगेकाको हकमा एक पटकको लागि दुई तहसम्म वृद्धिको व्यवस्था गर्न पहल गर्ने सहमति गरेका छन्।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials