Radhey BK_Bhairahwa_RSS
Politics

नेपाल रामबिना र भारत सीताबिना अधुरो: मन्त्री किराँती

Daily News Nepal

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीच सम्बन्ध थप सुमधुर बनाउन एक अर्काको सम्मान गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल रामबिना र भारत सीताबिना अधुरो रहेको पनि बताउनुभयो ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ भएको बताउनुभयो ।

आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउन लागि परेको बताउनुभयो मन्त्री किराँतीले नेपाल सरकार भारतसंगको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताउनुभयो ।

महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो। योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिए पनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको मन्त्री किंरांतीको भनाइ छ ।

कार्यक्रम भारतीय राजदुत नवीन श्रीवास्तवले नेपाल भारत सम्वद्व प्रगाढ रहेको बताउदै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण बेला भएका छलफलले त्यसलाई प्रमाणित गरेको बताउनुभयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials