Politics

बूढीगण्डकी आयोजना निर्माणको जिम्मा विदेशीलाई दिन ओलीको प्रस्ताव

Daily News Nepal

गोरखा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा विदेशी कम्पनीलाई लाई दिन उपयुक्त हुने प्रस्ताव गरेका छन् । पार्टीले सञ्चालन गरेको ‘संवृद्धिका लागि संकल्पयात्रा’ अन्तर्गत गोरखा आइपुगेका अध्यक्ष ओलीले शनिबार बिहान गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाललाई हित हुने गरी विदेशीलाई निर्माणको जिम्मा दिन आग्रह गरेका हुन् । आयोजना आफैले बनाउँछौँ भन्नु सरकारको हाँस्यास्पद गफ मात्र भएको ओलीको भनाई छ ।

पुष्पलाल मध्य पहाडी लोकमार्ग केन्द्रित झुला घाट-चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत आज गोरखा पुगेका अध्यक्ष ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए ।

“बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौँ । सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्छ”, उनले भने । आयोजना निर्माणका लागि आफूहरूले सरकारलाई घचघच्याउने काम गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो । “नेपालका परियोजना निर्माण गर्दा फाइदा हुने गरी बनाउन दिनुपर्छ”, उनले भने ।

आयोजना निर्माणमा ढिला भयो भन्दैमा सरकारले अधिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने अध्यक्ष ओलीले बताए । “विभिन्न बाहानामा समस्या सिर्जना गर्न हुँदैन”, उनले भने । “जलाशययुक्त आयोजना तयार भएर डुबान नहुँदासम्म खेती लगाएर खाए हुन्छ”, उनले भने, “त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोड्नुपर्ने आवश्यकता छैन ।”

अध्यक्ष ओलीले पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे । फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वास्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials