Politics

सरकारको एक वर्ष पूराः सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको प्राथमिकतामा

Daily News Nepal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । विसं २०७९ पुस १० गते अर्थात् गत वर्षको आजैका दिन प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

शान्ति सुरक्षा र अपराध अनुसन्धान एवं नियन्त्रणका कारण सुशासनतर्फ पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको महसुस गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानसँगै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण, सुन तस्करीविरुद्धको विशेष अपरेसन, विद्युतीय सट्टेबाजी, सहकारी ठगी, मिटरब्याजविरुद्ध राज्यको कठोर कदम, सुन तस्करी प्रकरणमा गृह प्रशासनको सफल अनुसन्धानले सरकार सुशासनको यात्रामा अघि बढेको विश्लेषण गरिएको छ ।

यसैगरी राष्ट्रिय गौरवका आयोजनासहित विकास निर्माणका कामलाई विशेष प्राथमिकता दिंदै सरकार समृद्धिको यात्रामा पनि अघि बढेको छ । यस्तै सामाजिक न्यायलाई पनि केन्द्रमा राखी सरकारले सोहीअनुरुप कार्यक्रमहरु अघि बढाएको छ ।

दाहाल गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ गते शपथ ग्रहण गरेका थिए । त्यसअघि उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए । यस्तै, २०७३ साउन २० देखि २०७४ जेठ २४ गतेसम्म दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।

राष्ट्रका नाममा सम्बोधन साँझ ५ बजे

प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् । साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले एक वर्षमा आफूले गरेका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नेछन् । दाहालले प्रधानमन्त्री भएदेखि नै देशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials