Politics

रेशम चौधरीको सजाय माफीविरुद्धको रिटमा कारण देखाऊ आदेश

Daily News Nepal

काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।

सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रूपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर कारागारमा रहेका चौधरीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । गत जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए ।

तर सो हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको सजाय माफीको निर्णय गैरकानुनी रहेको भन्दै राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । उनको निवेदनमाथिको सुनुवाइमा सर्वोच्चले उनको मागबमोजिमको उत्प्रेषण आदेश किन जारी हुनु नपर्ने भन्नेबारे १५ दिनभित्र कारणसहित उपस्थित हुन आदेश गरेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials