Politics

आठ दलीय गठबन्धनको आज अभिमुखीकरण कार्यक्रम

Daily News Nepal

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सांसदहरुको मत दायाँ बायाँ नहोस भनेर अभिमुखीकरण कार्यक्रम गर्न लागेका हुन् ।

त्यसका लागि नेपाली कांग्रेसलगायतका दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् । प्रशिक्षण कार्यक्रमको नेतृत्व भने कांग्रेस पदाधिकारीहरूले गर्नेछन् । अभिमुखीकरणका लागि गठबन्धनका नेताहरु प्रदेश राजधानी पुगेका छन् ।

कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई तोकेको छ ।

बागमती प्रदेश सभाका सांसदहरुको भेला भने हेटौंडाको सट्टा काठमाडौंमा गरिने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । आठ दलले बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको भेला गरेका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials