Politics

अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण प्रभु साहको उदघोष

Daily News Nepal

रौतहट । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम रौतहटको मौलापुर स्थित शहिद स्मृति सभाहलमा शुरु भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प नभएको बताए ।

अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल रहेकोले यसलाई तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने सुझाव समेत अध्यक्ष साहको रहेको छ । ‘अन्तरिम सरकार गठनमा यदि कुनै तत्व बाधक बन्छ भने तपाई हामी देश र जनताको पक्षमा आईटी आर्मीको अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढनुपर्ने हुन्छ’ साहले भने ।

आम जनता पार्टीको स्थापना दिवसको शुभ अवसरमा हजारौं युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले भ्रष्टाचारको विरूद्ध शशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने भएको छ ।

झण्डै ५ दिनसम्म चलने ऐतिहासिक भेला तथा प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताकालागी आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले हार्दिक शुभकामना सहितको मन्तव्य व्यक्त गरेका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials