Politics

सरकारको नीति तथा कार्यक्रम आज निर्णयार्थ प्रस्तुत गरिंदै

Daily News Nepal

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको बैठक ११ बजे बोलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल भने जारी रहने छ ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम तय गरिएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials