Politics

सभापति देउवाद्वारा काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान

Daily News Nepal

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

बुधवार (भोलि) दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको हो । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभागले जनाएको छ ।

काँग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौँमा गर्ने गरी मिति तय गरिएको छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ । सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि हालसम्म १७ विभागका प्रमुख तोकिएको छ । प्रचार विभागमा सदस्यहरू थपिए पनि पूर्णता पाउन सकेको छैन । अन्य १६ विभागमा प्रमुख मात्रै छन् । हरेक विभागमा बढीमा ५१ सदस्यीय हुने व्यवस्था छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials