Politics

कोशीलाई मध्यावधिमा नधकेल्न अध्यक्ष ओलीको आग्रह

Daily News Nepal

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधिमा नधेकल्न प्रदेश केन्द्रित राजनीतिक दललाई आग्रह गरेका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिले मध्यावधिमा जानु उचित नभएको टिप्पणी गरेका हुन् । अहिलेको अवस्थामा मध्यावधि भएमा राज्यलाई आर्थिक भार थप्ने उनको तर्क छ ।

एमाले जुनसुकै बेला जस्तोसुकै चुनावबाट भाग्ने र नहच्किने दावी गर्दै अध्यक्ष ओलीले मध्यावधि चुनाव भए एमालेले बढी सिट जित्ने दावी गरे ।

फरक प्रसंगमा अध्यक्ष ओलीले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको टिप्पणी गरे । कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम नहुने भन्दै अध्यक्ष ओलीले देशलाई द्वन्द्वतर्फ लग्ने कार्य किमार्थ सह्य नहुने चेतावनी दिए ।

देशलाई हिन्दू राष्ट्र घोषणाका लागि धार्मिक द्वन्द्व बढेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले संसदको दुई तिहाईले गर्ने काम विद्वेष र द्वन्द्व फैलाएर नहुने तर्क गरे । धार्मिक, साम्प्रदायिक अतिवाद रोक्न अध्यक्ष ओलीले सरकारलाई संवेदनशील हुन सुझाव समेत दिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials