Politics

राष्ट्रपति पौडेल आज पहिलो पटक गृह जिल्ला आउँदै

Daily News Nepal

तनहुँ । राष्ट्रपति भएपछि पहिलो पटक राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला जाँदैछन् । राष्ट्रपतिमा निर्वाचित भएको करिब साढे छ महिनापछि राष्ट्रपति पौडेल व्यास नगरपालिका ३ दमौलीस्थित दमौली सभा हलको उद्घाटन गर्न तनहुँको दमौली आउन लागेका हुन् ।

बिहान तनहुँको भानु नगरपालिका–१३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति पौडेलले सदरमुकाम दमौलीको बिपी वनवाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे गर्ने तय भएको उहाँले जानकारी दिए । ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठूलो मानिएको छ । राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उनकै पहलबाट सङ्घीय सरकारको करिब २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल निर्माण भएको हो ।

राष्ट्रपति पौडेल तनहुँ आउने कार्यक्रमको सबै तयारी पुरा भईसकेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । राष्ट्रपति तनहुँ आउने भएपछि दमौलीबजार समेत बेहुली झैं सिंगारिएको छ ।

राष्ट्रपति पौडेलको व्यास नगरपालिका-८ रिस्तीमा जायजेथा र व्यास नगरपालिका-२ दमौली अमरापुरीमा समेत घर रहेको छ । उन राष्ट्रपति भएपछि पहिलोपटक तनहुँ आउन लागेका हुन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials