PRADEEP RAJ ONTA/PMO
Politics

प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाँदै

Daily News Nepal

काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आगामी माधको पहिलो सता युगान्डा भ्रमणमा जाने भएका छन् ।

आगामी ५ देखि ६ माघसम्म युगाण्डाको राजधानी काम्पालामा हुन लागेको असंलग्न आन्दालोनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा जान लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणको निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन । त्यसअघि ३ देखि ४ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने पनि उनले जानकारी दिएकी छन ।

यस्तै त्यसअघि १ र २ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि जाने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिएकी छन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials