Politics

रेशमको पार्टीमा रन्जिता अटाइनन

Daily News Nepal

काठमाडौं । रन्जिता श्रेष्ठलाई हटाएर रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् । भूमिसुधारमन्त्रीसमेत रहेकी रन्जिता रेशमकी पत्नी हुन् ।

२५ पदाधिकारीको चयन भइसक्दा पनि रञ्जिता पार्टीमा अटाएकी छैनन् । अध्यक्षबाट आफूलाई हटाएकामा असन्तुष्ट स्वरुप रन्जिता हिजो शुक्रबार अधिवेशन स्थलमा गइनन ।

कैलालीको टिकापुरमा सम्पन्न अधिवेशनबाट रेशम अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । टीकापुर घटनामा दोषी ठहर भएर जेल बसेका बेला चौधरीले आफू संरक्षक बसेर श्रीमतीको नेतृत्वमा दुई वर्षअघि जेलभित्रैबाट पार्टी घोषणा गरेका थिए ।

रेशम गणतन्त्र दिवसका अवसरमा गत वर्षको १५ जेठमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरी छुटेका थिए । अधिवेशनले ३९ पदाधिकारीसहित २ सय ४६ सदस्यीय केन्द्रीय समिति चयन गर्ने सो पार्टीले जनाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials