Politics

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह

Daily News Nepal

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह गरेका छन्।

नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेकोले रिहाइका लागि सरकारले पटक-पटक आग्रह गर्दै आएको छ। परराष्ट्र मन्त्रालयमा मङ्गलवार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग कुराकानी गर्दै मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

राजदूत अन्सारीले इसराइल र हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि प्रयास भइरहेको उनले बताए।

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरू छुटाउनका लागि पनि प्रयास गरिरहेका छौँ।’

मन्त्री साउदले यसअघि मङ्सिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। यस्तै मङ्सिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुराकानी भएको थियो।

मन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials