Politics

रास्वपाका ढाकाकुमार चालु अधिवेशनमै संसदमा फर्किने

Daily News Nepal

काठमाडौं । घुस मागेको अडियो बाहिरिएसँगै सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यो सँगै उनी चालु अधिवेशनमा संसदमा उपस्थित हुने उनको निजी सचिवालयले जनाएको छ ।

सर्वाेच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ ।  आफूलाई सांसद पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै श्रेष्ठको सांसद पद अर्काे आदेश नभएसम्मका लागि कायम रहने भएको छ।

इजलासले दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेलसम्म श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न दिएको हो । यसका लागि दुवै पक्षलाई छलफलका लागि सर्वाेच्चले बोलाएको छ ।  व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनको सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी कारबाही गरेको थियो । उक्त कारबाहीविरुद्ध ढाकाकुमार सर्वाेच्च अदालत पुगेका हुन् । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials