Politics

देश बनाउन एमालेको एकल बहुमत आवश्यक : ओली

Daily News Nepal

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए ।

उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे । ओलीले भने, ‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।’

ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी संकल्प यात्रा आयोजना गरिएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिएका छन् । नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको उनको दाबी छ । ओलीले भने, ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन् । ’

एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको भन्दै विकासको काम अहिले ठप्प रहेको उनको टिप्पणी छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials