Politics

तनहुँ १, बारा २ पनि आगामी बैशाख १० गते नै उपनिर्वाचन हुने

Daily News Nepal

काठमाडौं । निर्वाचन आयोगले तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पनि आउँदो बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाले ती दुइवटा निर्वाचन क्षेत्रहरु खाली भएका हुन् ।

आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकिएको हो ।

साथै उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । चितवन क्षेत्र नम्बर २ मा भने आयोगले पहिला नै उपनिर्वाचनको मिति तोकेको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials