Politics

शिक्षक महासङ्घद्वारा सरकारसँगको वार्ता अस्वीकार

Daily News Nepal

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्ता अस्वीकार गरेको छ । महासङ्घले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो ।

तर शिक्षक महासङ्घ वार्तामा नगएको हो । जुन ठाउँबाट समस्याको समाधान हुँदैन, त्यहाँ वार्तामा जानुको अर्थ नभएको भन्दै बार्तामा नगएको महासङ्घको भनाई छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials