Picasa
Politics

वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्छ : ओली

Daily News Nepal

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताउनुभएको छ ।

सोमवार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताउनुभएको हो । उहाँले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने बताउनु भयो ।

उहाँले सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई आग्रह गर्नुभयो । आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गर्नुभयो । उहाँले सरकारलाई नेकपा ९एमाले० ले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताउनु भयो । उहाँले आफूहरु कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडी बढ्ने बताउनु भयो ।

सरकारको वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने नीति रहेको उहाँको भनाई छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials