Politics

भूकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो

Daily News Nepal

सुर्खेत । शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । सबै घाइतेको उपचार भईरहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials