Politics

प्युठानमा स्ववियु निर्वाचनको रौनक

Daily News Nepal

प्युठान । १४ वर्षपछि हुन लागेको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ ।

६२ मध्ये ६० आंगिक क्याम्पसमा निर्वाचनमा सहभागी हुन पाउने विद्यार्थी संघ, संगठन र समूह दर्ता गर्दै स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएको छ । तर, विद्यार्थी भने दलगत विद्यार्थी युनियनलाई मत दिन भने अनिच्छुक देखिएका छन् ।

यो दृश्य, प्युठानस्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसको हो । अहिले क्याम्पस गुलजार छ । विद्यार्थीको भीडभाड छ । चैत ५ मा हुने निर्वाचनका लागि विद्यार्थी भेट्न विद्यार्थी नेताहरू ब्यस्त छन् । यहाँ विभिन्न राजनीतिक दलका भातृ विद्यार्थी संगठन भएपनि एकले अर्कोलाई कुनै अवरोध गरेका छैनन् । स्वच्छ तथा मैत्रीपूर्ण वातावरणमा विद्यार्थी आफूप्रति आकर्षित गर्न तत्पर छन् ।

चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि अधिकांश क्याम्पसमा विद्यार्थीले गैरदलीय समूह दर्ता गराएका हुन् । त्रिवि निर्वाचनसम्बन्धी निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरी निर्वाचन लड्न पाउने व्यवस्था छ ।

यो पहिलो पटक गरिएको व्यवस्था हो । यसबाहेक विद्यार्थीले प्रत्यक्ष उम्मेदवारी दिएर स्वतन्त्र रूपमा पनि चुनाव लड्न पाउनेछन् । तर, मत दिने विद्यार्थी भने स्ववियु चुनावप्रति आकर्षित भएपनि दलका उम्मेदवारलाई मत दिन भने त्यति तयार देखिँदैनन् ।

राजनीतिकभन्दा विद्यार्थीको एजेण्डा प्रमुख बनाएर विद्यार्थी नेता चुनावमा होमिएका छन् । त्रिवि अन्तर्गत चुनाव हुने भएकाले शिक्षा क्षेत्रमा विद्यमान समस्यालाई नै प्रमुख एजेन्डा बनाइएको छ ।

अहिलेसम्म प्युठानमा ५ संगठनले मात्रै निर्वाचनमा एकल रूपमा निर्वाचनमा होमिन संगठन दर्ता गरेका छन् । २०३६ सालदेखि व्यवस्थित रूपमा प्रत्येक दुई दुई वर्षमा स्ववियु निर्वाचन हुँदै आएको छ। तर, २०६३ को दोस्रो जनआन्दोलन यता यो निर्वाचन नियमित हुन सकेको छैन।

२०६३ सालयता दुई वर्षको क्रमभङ्ग गरेर २०६५ सालमा स्ववियु निर्वाचन भयो। त्यसपछि २०७३ सालमा त्रिविमा ६२ वटा आङ्गिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस हुँदा नौ वटा आङ्गिक र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो। त्यो बेला उपत्यकाका १३ वटा क्याम्पस र उपत्यकाबाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials