Politics

बालकुमारी घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने

Daily News Nepal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १३ गते भएको बालकुमारी घटनाको छानबिनका लागि आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

बालकुमारीमा उक्त घटनामा प्रहरीको बल प्रयोगबाट दुई जना युवाको मृत्यु भएको थियो । उक्त घटनाको न्यायिक छानबिन गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई दाहालले निर्देशन दिएका हुन् ।

भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनबारे औपचारिक निर्णय गर्नेछ भने उक्त आयोगले भोलिदेखि नै काम प्रारम्भ गर्ने बताइएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials