Politics

नेपालीलाई रुसी सेनामा पठाउने सञ्जालमा पनि अध्यागमन अधिकृत

Daily News Nepal

काठमाडौं । नेपालीलाई अवैध रूपमा तोस्रो देश हुँदै रुस पुर्‍याउनेविरुद्ध प्रहरीले मानव बेचबिखन र ठगीमा मुद्दा चलाउने भएको छ । भिजिट भिसामा दुबई र रुस पठाउने गिरोह एउटै भएको संकेत पाएपछि प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रलोभनमा पारेर दुबई हुँदै रुस पठाउने गिरोहमा संलग्न ८ मध्ये चार जनालाई मानव बेचबिखन र ४ जनालाई ठगीमा मुद्दा दायर गर्ने भएको हो ।

त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा पक्राउ परेका अध्यागमनका कर्मचारी पनि रुस पठाउने गिरोहमा आबद्ध भएको हुनसक्ने प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर भिजिट भिसामा दुबई पठाउने ३२ जना पक्राउ गरेका थिए ।

भिजिट भिसामा रुस र दुबई पठाउने समूहमा अध्यागमन अधिकृतको संलग्नता देखिएकाले दुवैलाई एकै ठाउँमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । अध्यागमन अधिकृत नरवीर खड्का, विमानस्थलमा कागजात हेर्ने दुई प्रहरी, बोर्डिङ पास दिने नेपाल एयरलाइन्सका दुई अधिकृत होम पोखरेल र अरविन्द यादवमाथि मानव तस्करलाई साथ दिएको आरोप छ । उनीहरूमाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials