Politics

सिट बाँडफाँटलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Daily News Nepal

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा भएको मोटामोटी सहमतिलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ । गएराति सम्पन्न बैठकमा सहमति नजिक पुगेका गठबन्धन दलका नेताहरु त्यसलाई अन्तिम रुप दिन जुटेका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी छन् । गएरातिको बैठकमा सहभागी नेताहरुका अनुसार निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने गरी मोटामोटी सहमति भएको छ ।

तर, बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको बताइएको छ । राष्ट्रिय सभा निर्वाचनमा दलहरुको दाबी रिक्त सिट संख्या भन्दा बढी भएपछि सत्ता गठबन्धनमा भागवण्डा मिलाउन सकस भैरहेको थियो ।

हिजै बसेको सत्ता गठबन्धनको बैठकमा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई कुनैपनि सिट नदिने सहमति भएको थियो । यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रिय सभामा आफुलाई समेत सिट दिन आग्रह गरेको थियो ।

गठबन्धन दलले साझा उम्मेदवार उठाउने भएपछि एमालेले पनि १९ सिटमा एक्लै उम्मेदवार उठाउने तयारी गरेको छ । गठबन्धनसँग सहमतिको संभावना नभएपछि एमालले आज उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials