Politics

रुसी सेनामा गएका नेपालीले गरे जीवन रक्षाका लागि युद्धभूमिबाटै हारगुहार

Daily News Nepal

काठमाडौं । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लड्दै आएका नेपालीले सकुशल स्वदेश फर्काइदिन दिनदिनै जसो सरकारसँग हारगुहार गरिरहेका छन् ।

युक्रेनी भूमिमै पुगेर युद्ध गरिरहेका नेपालीहरूले आफूहरू त्रासदीपूर्ण अवस्थामा रहेको भन्दै सरकारसँग याचना गरेका हुन् । युद्धमा पुगेका कतिपय नेपालीको मृत्यु भइसकेको छ भने केही घाइते छन् । सकुशल रहेकाहरू पनि दिनदिनै युक्रेनविरुद्धको युद्धमा जानुपर्ने बाध्यतामा छन् ।

यसरी युद्धमा जाँदा जुनसुकै बेला पनि मारिने डर उनीहरूमा छ । रुसी सेनाले फिर्ता हुन नदिएकाले सरकारले नै कूटनीतिक प्रयासमार्फत आफूहरूलाई फिर्ता बोलाउनुपर्ने उनीहरूको भनाइ छ ।

स्वदेशमा रोजगारीका उपयुक्त अवसर नपाउँदा र दलालको प्रलोभनमा परेर धेरै युवा रुसी सेनामा भर्ना हुन बाध्य छन् । यसरी युद्धमा होमिएका धेरै नेपाली नफर्किएको भन्दै उनीहरू जुनसुकै बेला आफ्नोसमेत उस्तै हालत हुने डर रहेको बताउँछन् ।

रुसी सेनामा कति नेपाली भर्ना भएका छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । केही नेपाली युवा रुसी फौज छाडेर फर्किन सफल भए पनि युद्धग्रस्त क्षेत्रमा पुगेकाहरू भने अन्योलमा परेका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials