MSI
Politics

इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्यो

Daily News Nepal

गाजा । इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ ।   प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् । 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राका अनुसार गत अक्टोबर ७ देखी यता गाजा पट्टीमा इजरायली आक्रमणमा कुल २२,४३८ प्यालेस्टाइनीको मृत्यु भएको छ । उनका अनुसार सो इजरायली हमलामा परी अहिलेसम्म कम्तीमा ५७ हजार ६१४ जना घाइते भएका छन् भने यसरी मारिने र घाइते हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

विगत २४ घण्टामा करिब १२५ प्यालेस्टाइनीको मृत्यु भएको र ३१८ जना घाइते भएको मन्त्रालय अपडेट गराएको छ ।  गाजा सरकारका अनुसार करिब ७ हजार अन्य अझै बेपत्ता भएका छन् र उनीहरूको घरको भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials