Politics

एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटामाथि भूकम्प पीडितको पैसाले टेस्ला किनेको आरोप

Daily News Nepal

लुभेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमकी अध्यक्ष सिता सापकोटामाथि भूकम्प पीडितको लागि संकलित रकमबाट विश्वविख्यात टेस्ला कार किनेको आरोप लागेको छ । अमेरिकामा कार्यरत पत्रकार माधव मरासैनीले मंगलवार सापकोटा र उनीका श्रीमान राजु घिमिरेले टेस्ला कारसंग लिएको फोटो सार्वजनिक गर्दै सो आरोप लगाएका हुन् ।

मरासैनीले कार्तिक २७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारणले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भएको क्षेती पश्यात भूकम्प पीडितहरुको राहतका लागि उठाएको रकममा सापकोटाले कमाउ धन्दा चलाएको बताए ।

उनले भूकम्प पीडितको लागि उठाएको पैसा र गैरआवासीय नेपाली संघको गत महिना सम्पन्न ११ औं महाधिवेसनका अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र महासचिवका प्रत्यासी बुद्धि सुवेदीको पैसाँमा टेस्लामा लगानी गरेको उल्लेख गरेका छन् । सापकोटाले एनआरएनए निर्वाचनमा माओवादी उम्मेदवार आरके शर्मालाई भोट हालेकि थिइन् ।

यसअघि जाजरकोटमा गएको विनाशकारी भूकम्प पीडितको सहयोगार्थ गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सापकोटाले व्यक्तिगत खातामा रकम संकलन गरे पछि विवादमा आएकी थिइन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अनुसार सापकोटाले भूकम्प गए लगत्तै संघको कार्यसमितिको फेसबुक ग्रुपमा आफ्नो भाउजुको व्यक्तिगत खाता पठाएर आर्थिक संकलन गर्न थाले पछि कार्यसमितिका सदस्यहरुले विरोध जनाएका थिए ।

सापकोटाको सो कार्यलाई कार्यसमितिका उपाध्यक्ष लोकेन्द्र नेपाल, महिला उपाध्यक्ष सावित्री गिरी, महासचिव रुविना शर्मा, महिला संयोजक शारादा धिताल, एनआरएनए अन्तराष्ट्रिय महिला संयोजक अनुजा प्रधान, एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतम लगायतले विरोध जनाएका थिए ।

नेपाल प्रहरीले पीडितको नाममा संकलित रकम व्यक्तिगतमा संकलन नगर्न र संस्था मार्फत गरिएको संकलन राहत पनि संस्थाकै खातामा जम्मा गरि नेपाल सरकारको सम्बन्धित निकायलाई हस्तान्तरण गर्न गरेको सुचना विपरित संकलन गरेको रकम व्यक्तिको खातामा जम्मा गरेको प्रति चर्को आलोचना भएको थियो ।

अध्यक्ष सापकोटाले आफुले बोलेको गरेको रकम आफैसंग रहेको र अरुले बोलेको रकम आफ्नै भाउजुको व्यक्तिगत खातामा जम्मा गर्न सूचना जारी गरेकी थिइन ।

सापकोटाको सो सूचनालाई अष्ट्रियस्थित एनआरएनए अभियान्ता बिनोद चौलागाईंले गलत कार्य भन्दै प्रतिवाद गरेका थिए । उनले एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले भूकम्प पीडितको पैसा व्यक्तिको खातामा उठाएको प्रमाण भेटिएको छ ।

खाली हात फोटो सेसन गर्दै जाजरकोट तिर लागेकी सापकोटाले आफ्नो खर्च उठाउन हामीले सहयोग गर्नु पर्छ त्यसैले छिट्टै बोलेको पैसा सबै जम्मा गरिदिनु भनेर सुनिता शर्माको नबिल बैंकको खाता नम्बरमा पैसा उठाएको सार्वजनिक गरेका थिए ।

पत्रकार मरासैनीले सापकोटाको बिरुद्धमा नेपालस्थित अपराध अनुसन्धान व्यूरो (सिबिआई) र साइबर व्यूरोमा उजुरी परेको जानकारी दिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials