Politics

सत्ता गठबन्धनले उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगरलाई उठाउने

Daily News Nepal

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।

आज शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रश्तावक रहनुहुने भएको छ ।

झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भएपनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ । जसको प्रश्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नै चिनेको मान्छे उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मती रुपमा निर्णय गरेको हो । अल्पमतमा होइन ।’

त्यस्तै सांसद इन्दिरा रानामगरले भने आफूले कानूनको अध्ययन नगरेको भएपनि कानूनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो । कानून नपढेपनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रहरुको अनुभव ३३ वर्षमा गरेको छु ।’

उपसभामुखका लागि निर्वाचन शनिवार हुँदैछ, आज उपसभामुखको एम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials