Politics

‘राष्ट्रपति काँग्रेसलाई दिँदा राष्ट्रिय सहमति हुन्छ’

Daily News Nepal

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली काँग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन् । गृह जिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रपति काँग्रेसबाट बनाएमा राष्ट्रिय सहमति हुने बताए ।

माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उप-सभामुख लिइसकेकाले अब काँग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने किरातीको दाबी छ ।

मन्त्री किरातीले भने, ‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्छ ।’ राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम भएमा देशलाई निकास दिन सकिने किरातीले बताए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials