Politics

प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

Daily News Nepal

काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा जारी रहेको छ । बैठकमा संसदीय समितिहरूको गठन तथा टिआरसी विधेयक लगायतका विवादित विषयमा टुङ्गो लगाउने, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै दलका प्रमुख सचेतको सहभागी हुनुहुन्छ ।

त्यसैगरी एमाले संसदीय संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials