Politics

१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

Daily News Nepal

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती ११:४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिएका छन् ।

विमानस्थल प्रमुख डा. पाण्डे नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो । घलेसहित सो कार्यमा संलग्न गोरखाकै मीनबहादुर घलेलाई पक्राउ गरी प्रहरी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको डा. पाण्डेले जनाएका छन् ।

चन्द्रले छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाई छिपाई ल्याएको सात थान बिस्कुट आकारका १४ किलोग्राम सुन मीनबहादुरको भएको सोधपुछका क्रममा खुलाएकोसमेत भन्सार कार्यालयले जनाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials