Politics

छात्रामाथि बलात्कारको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

Daily News Nepal

काभ्रे । छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरु पक्राउ परेका हुन् । प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको हो । विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ । करिब २ महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

मेयर खरेलले छात्राको स्वास्थ्य जाँच गर्न निर्देशन दिनुका साथै अभिभावकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धतासमेत जनाएका छन् । खरेलकै रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी प्रधानाध्यापकलाई बर्खास्त गरी विद्यालयमा कार्यवाहक प्रधानाध्यापकसमेत तोकिएको छ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials