Politics

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

Daily News Nepal

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ ।

उद्घाटनअघि एमालेले काठमाडौँका ६ ठाउँबाट र्‍याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ ।

बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन् ।

अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको छ । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials