Politics

एमाले सचिव महासेठले गरे सांसद कोइरीको बचाऊ

Daily News Nepal

काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले हत्याको आरोपमा फरार रहेका पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाऊ गर्नु भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अदालतले दोषी करार नगरेको भन्दै सांसद महतोलाई पक्राउ गर्ने हो भने त्यसमा आफ्नो पार्टीका कुनै पनि नेताहरुले बाधा, अवरोध नपु¥याउने समेत स्पष्ट पार्नु भयो । सचिव महासेठले शेरबहादुर देउवा नेतृत्वको सरकारले समाजसेवी पदक दिनका लागि सिफारिस गरेको व्यक्ति कसरी अपरोधी भयो ? पनि पटकपटक प्रश्न समेत गर्नु भयो ।

महतोलाई महोत्तरीका शोषित पीडित जनताले लक्ष्मी पूजाको दिनमा लक्ष्मीलाई पुजा गरेर जसरी सम्मान गरिरहेको बेला उहाँमाथि अपराधी करार गर्ने काम सांसदहरुले गर्न नहुने उहाँको तर्क थियो । सचिव महासेठले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै सांसद महतो अपराधी हो भने देउवा नेतृत्वको सरकारले किन कारबाही गरेन ? भनेर विचार गर्न पनि आग्रह गर्नु भयो ।

सांसद महतो हाल पार्टीको सम्पर्कमा नरहेको भन्दै उहाँले कानुन बमोजिम उहाँलाई कारबाही गर्न सरकारलाई पार्टीको तर्फबाट कुनै पनि अवरोध नहुने स्पष्ट पार्नु भयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials