Politics

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत

Daily News Nepal

काठमाडौँ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकाङ्क्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्।

१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो।

उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन्। सचिव मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ।

एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन्। अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ। सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials