Politics

न्युनतम साझा कार्यक्रममा आफ्ना माग पनि समेटिएकाले सरकारमा गएक हौँ : राजेन्द्र लिङदेन

Daily News Nepal

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।

आज बुधवार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने बताउनु भयो ।

उहाँले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताउनु भयो । यद्यपी पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उहाँले बताउनु भयो । राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरुको लागि यो दिन विजयोत्सवको दिन पनि भएको बताउनु भयो ।

उहाँले सरकारको न्युनतम साझा कार्यक्रममा राप्रपाको माग समेत समेटिएकाले सरकारमा जाने ढोका खुलेको बताउनु भयो । त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पृथ्वीनारायण शाहले विदेशीसँग लडेर आफ्नो भुमिको रक्षा गरेको बताउनु भयो ।

पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको लागि भुमिका खेलेको भन्दै उहाँको योगदानलाई बिर्सनु नहुने अध्यक्ष नेपालको भनाई छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials