समाचार

झापामा सिटौला, शर्मा र लिङ्देनद्वारा मतदान

Daily News Nepal

झापा । आज आइतवार भइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावअन्तर्गत झापामा उत्साहजनकरूपमा मतदान भइरहेको छ ।

आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । यही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ ।

नेता सिटौलाले बिहान ७ बजेर २० मिनेटमा भद्रपुर नगरपालिका १० काे कलवलगुडी आधारभूत विद्यालयको (क) बाट मतदान गर्नुभयो । झापा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार उहाँले झापा क्षेत्र नं १ मा मतदान गर्नुभएको हो ।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ काे कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार उहाँले बिहान ९ बजेर ७ मिनेटमा मतदान गर्नुभएको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ काे वडा कार्यालयमा मतदान गर्नुभएको छ । झापा क्षेत्र नं ३ का उम्मेदवार लिङ्देनले साइत हेरेर ११ बजेर ३० मिनेटमा मतदान गर्नुभएको हो ।

झापामा पाँच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा सदस्यका लागि छ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन् । झापामा दुई सय ८५ वटा मतदानस्थल र सात सय ६८ मतदान केन्द्र छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials