समाचार

पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

Daily News Nepal

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक ४ घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो ।

अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । उहाँले जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको बताउनुभयो ।

उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने गरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials