समाचार

सरस्वती मावि चैनपुरमा अहिलेसम्मकै ठूलो छात्रबृत्ति कोष स्थापना

Daily News Nepal

संखुवासभा । सरस्वती माध्यमिक विद्यालय चैनपुरमा ६ लाख ११ हजार ९ सय ९९ रुपौयाँ राशीको ‘आशा खत्री’ अक्षय कोष स्थापना भएको छ । चैनपुर-८ दंगाली गाउँ जन्मेका हाल अनामनगर, काठमाडौं बस्दै आएका शिक्षाप्रेमी राजेन्द्रबहादुर खत्री र उहाँकी धर्मपत्नी अम्बिका खत्रीले अक्षय कोषको स्थापना गरेका हुन् ।

कोषका संस्थापक खत्रीले आफ्नी जीवन संगिनी अम्बिका खत्रीको ८२ औं जन्म उत्सवको अवसर पारेर आफ्ना पुर्खा सुवेदार आशा खत्रीको नाममा ‘आशा खत्री’ अक्षय कोष स्थापना गरेका हुन् । अक्षय कोषका संस्थापक खत्रीले आफ्नी नातिनी सुभाली खत्रीको हातबाट विद्यालयका प्रधानाध्यापक गोविन्दमान तामाङलाई चेक हस्तान्तरण गरे । अक्षय कोष सञ्चालनका लागि दाता र विद्यालयबीच सम्झौक्ता भएको छ ।

सम्झौक्ता पत्रमा अक्षय कोषका संस्थापक खत्री र विद्यालयका तर्फबाट प्रधानाध्यापक गोविन्दमान तामाङले संयुक्त हस्ताक्षर गरेका छन् । ६ लखा ११ हजार ९ सय ९९ सय राशीको अक्षय कोषबाट आउने ब्यजको ६ भागको १ भाग रकम अल्पआयुमै निधन भएकी कोष संरक्षककी छोरी कुमारी यशोधा खत्रीका नाममा एक छात्रालाई उपलब्ध गराउने र बाँकी पाँच भागलाई कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई उपलब्ध गराउने संस्थापक खत्रीले बताए । अक्षय कोष स्थाना कार्यक्रममा कोषका उत्तराधिकारी शैलेन्द्र खत्रीले आफ्ना बुबा आमाले गर्दै आएको समाजिक र शैक्षिक क्षेत्रका गतिविधिलाई निरन्तरता दिने बताए ।

‘आशा खत्री’ अक्षय कोषमा रु १ लाखभन्दामाथि रकम आश खत्रीका सन्ततिले जम्मा गरी सो रकमबाट आएको ब्याज सोही नामबाट वा उनीहरुले चाहेका व्यक्तिका नामबाट वितरण गर्न सकिने मुख्य सस्थापक खत्रीले बताए । संस्थापक खत्री, अम्बिका खत्री रहने कोषको उत्तराधिकारी जेठो छोरा योगेन्द्र केसी, बुहारी प्रभा केसी, नातिनी सुप्रिया खत्री,नाति सुयोग खत्री, कान्छो छोरा शैलेन्द्र बहादुरसिंह खत्री, बुहारी शोनी खत्री, नाति श्रेयस खत्री, नातिनी सुभानी खत्री रहने छन् ।

खत्रीले स्थापना गरेको अक्षय कोष विद्यालयकै सबै भन्दा ठूलो छात्रबृत्ति कोष भएको प्रधानाध्यापक गोविन्दमान तामाङले बताए । प्रस्तावित राजेन्द्रबहादुर-अम्बिका खत्री ट्रष्ट निजीद्वारा यस विद्यलायका विद्यालयले छनौट गरेका जेहन्दार र आर्थिक अवस्था कमजोर भएका ९ जना विद्यार्थीहरुलाई छात्राबृत्ति उपलब्ध गराउदै आएको छ ।

उनले केही वर्षदेखि संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, शारदा मावि पोखरी ,सरस्वती मावि चैनपुर र शारदा मावि खराङ मा ९-९ जनाका दरले र वाणिविलास मावि लोहाटका ७ जना विद्यालाई छात्रबृत्ति उपलब्ध गराउदै आएका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials