Sports

बङ्गलादेशसँग अफगानिस्तान ६ विकेटले पराजीत

Daily News Nepal

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बङ्गलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए ।

अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६ रनमा अलआउट भयो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।

यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२/२२ रन बनाए । बङ्गलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३/३ विकेट लिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials